प्रदेश विकास स्वयंसेवक माग गरिएको

MOYS March 2, 2022

प्रदेश विकास स्वयंसेवक माग गरिएको

गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले युवा परिचालन कार्यक्रम अन्तरगत कुल १३६ जनाको स्वीकृत कोटा मध्ये रिक्त हुन आएका विभिन्न १०१ वटा पदमा पदपूर्तिको लागि २०७८ फागुन १८ गते सूचना प्रकाशन गरेको छ । यसरी नियुक्त प्रदेश विकास स्वयंसेवकहरू सार्वजनिक सेवाको चाप भएका प्रदेश सरकारका कार्यालयहरू, स्थानीय तह तथा सामुदायिक विद्यालयमा खटिने छन् । प्रदेश विकास स्वयंसेवक परिचालन सम्बन्धी कार्य गण्डकी प्रदेश विकास स्वयंसेवक परिचालन कार्यविधि, २०७८ को व्यवस्था बमोजिम हुनेछ । यसरी परिचालन हुने स्वयंसेवकका पद सम्बन्धी विस्तृत विवरण यसै वेबसाइटको स्रोत सामग्री मेनु अन्तर्गत अभिलेखमा हेर्न सकिन्छ ।

Details Image

सम्बन्धित फाईल डाउनलोड गर्नुहोस :