परिचय

MOYS

प्रदेश सरकार कार्यसम्पादन नियमावली, २०७४ अनुसार युवा तथा खेलकुद क्षेत्रको जिम्मेवारी तात्कालिन सामाजिक विकास मन्त्रालयको कार्यक्षेत्रमा रहेकोमा मिति २०७८ वैशाख १६ गतेको संशोधन अनुसार युवा तथा खेलकुद मन्त्रालयको स्थापना भई युवा तथा खेलकुद क्षेत्रको जिम्मेवारी समेत हस्तान्तरण भएको हो ।

गण्डकी प्रदेश सरकारको नीति अनुसार प्रदेशमा खेलकुदको विकास र विस्तारको लागि प्रदेशमा खेलकुद सम्बन्धी कानून, संरचना तथा पूर्वाधारको व्यवस्था गर्न प्रदेश खेलकुद विकास ऐन, २०७७ र गण्डकी प्रदेश खेलकुद विकास नियमावली, २०७८ जारी भएका छन् ।सोही प्रदेश खेलकुद विकास ऐन, २०७७ को व्यवस्था मुताविक प्रदेश सरकार मन्त्रिपरिषद्को मिति २०७७ फागुन ०९ गतेको निर्णय अनुसार प्रदेश खेलकुद परिषद्को स्थापना भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को मिति २०७७ फागुन ०९ कै निर्णयअनुसार प्रदेशका ११ वटै जिल्लामा जिल्ला खेलकुद विकास समितिहरूको गठन समेत भएको छ ।